सोमबार सिरिजङ्घा गाउँपालिकाको सबै विद्यालयमा शोक बिदा 



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा शोक बिदा दिने भएको छ । गाउँपालिकाको वडा नं. तीन स्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना रसाइलीको मृत्युका कारण सबै विद्यालयमा शोक बिदा दिने भएको हो । 

पालिकाले एक विज्ञप्ति जारी गर्दै सोमबार एक दिन पालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको जनाएको छ ।  शिक्षिका रसाइलीको आइतबार बिहान करिब ९ बजेको समयमा फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएको थियो । बोलेरो ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।

शिक्षिका फुङलिङ बजारबाट विद्यालय जाँदै गर्दा बोलेरो दुर्घटनामा परेको हो । मृतक रसाइली गत वर्ष मात्र शिक्षा सेवा आयोग उत्रिर्ण गरि उक्त विद्यालयमा पोष्टीङ हुनुभएको थियो । 
 

प्रकाशित मिति : 6:58 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी