ताप्लेजुङको फावाखोलामा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो ।

सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आज बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भिर घाईते हुनु भएका अन्दाजी ३० वर्षीया विकलाई उपचारको लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ ।

दुर्घटनामा परेको बोलेरोमा बिक र चालक सविन विष्ट मात्र रहेको बताइएको छ । चालक विष्टलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । उहाँको अवस्था सामान्य रहेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट घटनास्थलमा प्रहरीको टोली पठाइएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:38 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा