फक्ताङलुङ गाउँपालिकामा बाढीले मोटरेवल पुल बगाएपछि स्ट्रेचरमा बोकेर बिरामीको उद्धार



ताप्लेजुङ । बाढीलेमोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो ।

फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।

यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् । स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार करिब ३ घण्टा निरन्तर बोकेर गाडी सञ्चालन हुने क्षेत्रसम्म लगेर बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । लेलेपको लुङथुङदेखि तापेथोकको ताम्मावाखोलासम्म बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ । बेलुकी साढे ८ बजे बिरामीलाई बोकेर हिँडेको टोली करिब मध्यराति १२ बजेमात्र गाडीको सुविधा भएको ठाउँ ताम्मावाखोलामा पुगेको थियो ।

गाउँमा रहेको करिब १५ जना युवाको समूहले महिलालाई बोकेर मध्यराति गाडी भएको स्थलसम्म पुर्‍याएका थिए । बिरामी पुर्‍याएर फर्किएको समूह अहिले बिहान ७ बजेमात्र घरगाउँ पुगेको स्थानीय शेर्पाको भनाइ छ । स्थानीयका अनुसार बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा खाद्यान्नलगायतका सामग्री बोकेर लानुपर्ने बाध्यता छ ।

भूगोल हिसाबले जिल्लाको सबैभन्दा ठुलो पालिका फक्ताङलुङ गतवर्ष पनि सबैभन्दा धेरै प्रभावित बन्दा ४ जना मानिसले ज्यान गुमाएका छन् । यसवर्ष बाढीले नै फक्ताङलुङ गाउँपालिकाको थाक्पाखोलाको काठेपुल र माइक्रोहाइड्रोमा क्षति गरेको छ । जसका कारण अझै पनि सयौँ परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् । जसको निर्माण कार्य जारी रहे पनि सम्पन्न हुन अझै महिनौँ दिन लाग्ने स्थानीयले बताएका छन् ।

यता बाढीले पुल बगाएर सदरमुकाम फुङलिङसँगको सडक सञ्जाल टुटेकाले पालिकामा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरी तत्काल मर्मत गर्ने योजनामा रहेको पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (बिकास)ले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमका कारण मर्मतको कार्य प्रभावित भएकाले ढिलाइ भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आईतवार ११:११

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

ताप्लेजुङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी

ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार

ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २०