मेरिङदेन सडक खण्डको मुङ्वाखोलामा होम पाइप सेटिङको कार्य जारी, सवारी साधन आवतजावत बन्द 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन सडक खण्ड अन्तरगत पर्ने मुङ्वाखोलामा होम पाइप सेटिङको कार्य भइरहेकोले सावरी साधन आवतजावत बन्द भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेप र ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेडद्वारा होम पाइप सेटिङ र ढलान कार्य भइरहेकोले साउन ९ गतेबाट सबारीसाधन आवतजावत बन्द भएको हो । 

यो सडक खण्डबाट विषेश गरी जिल्लाको पर्यटकीय क्षेत्र मिक्वाखोला गाउँपालिका साँवामा रहेको फुङफुङगे झरना जाने गरिन्छ । उक्त खोलामा होम पाइप निर्माण कार्य जारी रहेकाले आगामी साउन २५ गते सम्ममा सबै खालको सवारी साधन आवतजावत बन्द गरिएको मरिङ्देन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बेद प्रसाद हाङ्गामले बताउनुभयो । उहाँका अनुसार उक्त समय अवधिका लागि वैकल्पिक बाटोमा सावरी साधन आवत जावत गर्न सकिन्छ ।

जसका लागि वडा नं. ५ को थुकिमा सुमसोलक मुख्य सडक खण्ड अन्तरगत पर्ने माश्रेङ स्वास्थ्य चौकी हुँदै मुङ्वाखोला लिङ्तेप–कान्छी बजारको बाटो प्रयोग गर्न सकिने छ । 

प्रकाशित मिति : 6:35 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो