ताप्लेजुङमा तीन वर्षमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा तीन वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको तथ्याङ्क अनुसार तीन वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको हो ।

जसमा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा परी नौ जनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन अधिकारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ र ०८१/८२ मा समान चार–चार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ जना पुरुष, दुई जना महिला र तीन जना बालक रहेका छन् । उक्त अवधिमा पाँच जना गम्भिर घाइते हुँदा २० जना समान्य घाइते भएका छन् । यस्तै तीन वर्षको अवधिमा १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा भएको सवारी साधन मध्ये १० वटा क्षतिग्रस्त भएको छ ।

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । उक्त तीन वर्षको अवधिमा २३ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 6:11 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०