तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको जिम्मेवारी विशाल लङ्वालाई 



ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको ठेक्का पक्का भएको छ । लाखेजात्रा सञ्चालन समितिले पहिलो पटक आव्हान गरेको तेश्रो ताप्लेजुङ गोल्डकप टिकट बिक्रीको ठेक्का पक्का भएको हो । 

 उक्त टिकट बिक्रीको जिम्मेवारी मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वा लिम्बूले लिनुभएको छ । आयोजकलाई २० लाख एक हजार बुझाउने गरी जिम्मेवारी लिनुभएको हो । मौखिक सहमति भइसकेको र लिखित सम्झौता हुन बाँकी रहेको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । मादेनका अनुसार समितिको कार्यविधि अनुसार सम्झौता हुनेछ ।

गोल्डकपको क्वाटर फाइनलका चार खेलका लागि एक सय रुपैयाँ तोकिएको छ । यस्तै सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि दुई सय ५० टिकटदर तोकिएको छ । गत वर्ष गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

प्रकाशित मिति : 1:09 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा