नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङद्वारा एसईईमा उत्रिर्ण विद्यार्थी सम्मानित 



ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । सङ्घले २०८१ सालको एसईईमा उत्रिर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

एसईईमा उत्रिर्ण जिल्ला भरीका ४८ जना शेर्पा विद्यार्थी र जिल्ला दोस्रो हुन सफल प्रितम गुरुङ गरी जम्मा ४९ जना विद्यार्थीलाई सम्मान गरिएको नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङका अध्यक्ष मिङ्मा दिकी शेर्पाले बताउनुभयो । जिल्ला प्रथम लार्के शेर्पा हुनुभएको थियो । उहाँ ३.९१ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको थियो भने गुरुङले ३.८६ जिपिए ल्याएर दोस्रो हुनुभएको थियो । 

अध्यक्ष शेर्पाका अनुसार शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई सम्मान पत्रका साथ सम्मान गरिएको हो । शेर्पा विद्यार्थी सङ्घले यस अघि पनि एसईईमा उत्रिर्ण हुने शेर्पा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ । विद्यार्थीहरूको हौसलाका लागि सम्मानको कदम अघि सारिएको शेर्पाको भनाई छ । 

सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल शेर्पा विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष फुर्वा छिरिङ शेर्पाको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरूमा नेपाल शेर्पा सङ्घका संस्थापक अध्यक्ष मात्रिका शेर्पा, निवर्तमान अध्यक्ष पासाङ रिता शेर्पा, नेपाल शेर्पा विद्यार्थी सङ्घका केन्द्रीय कार्यालय सचिव ओङ्दी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति : 6:23 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी