ताप्लेजुङ गोल्ड कप : सर्वोत्कृष्ट खेलाडीले बाइक पाउने, खेलतालिका पाथीभराबाट सार्वजनिक गरिने



ताप्लेजुङ। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाइक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो ।

लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने छ । बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँग छलफल भइरहेको समितिका कोषाध्यक्ष शेर्पाको भनाइ छ ।

ताप्लेजुङमा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई बाइक प्रदान गर्ने यो आयोजकको पहिलो प्रयास रहेको छ । प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट उत्कृष्ट खेलाडीलाई मैदान प्रवेश गराउने तथा दर्शकको सङ्ख्या वृद्धि गर्ने लक्ष्यका साथ सर्वोत्कृष्ट खेलाडीलाई बाइकको व्यवस्था गरिएको समितिले जनाएको छ ।

एक सातासम्म जारी रहने प्रतियोगितामा आयोजक तथा अन्तर्राष्ट्रिय एकएक टिमसहित आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च ब्वाइज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको छ । आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टिमलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगिताको उपाधि हात पार्ने टिमले नगद सात लाख दुई हजार बयासी रुपियाँ र उपविजेताले तीन लाख पचास हजार बयासी रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । गत वर्ष विजेतालाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ प्रदान गरिएको थियो । यस वर्षको विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख रुपियाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको छ । यस्तै विविध विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलतालिका पाथीभराबाट सार्वजनिक गरिने
यस वर्षको प्रतियोगिताको खेलतालिका पाथीभरा मन्दिरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । आवश्यक तयारी सम्पन्न भएपछि केही दिन भित्रै तालिका पाथीभरा मन्दिरबाट सार्वजनिक गर्ने तयारी भइरहेको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाथीभरा मन्दिरलाई समेत गोल्डकपका माध्यमबाट प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले पाथीभराबाट खेल तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : 11:21 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो