सान्थाक्रामा ४५ दिने सिलाई कटाई सम्बन्धी सिप विकास तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं.२ सान्थाक्रामा सिलाई कटाई सम्बन्धि ४५ दिने सिप विकास तालिम सम्पन्न भएको छ । गत जेठ २७ गतेबाट सुरु भएको सिलाई कटाई सम्बन्धी ४५ दिने आधारभुत सिप विकास तालिम बिहिबार सम्पन्न भएको हो ।


“आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार” भन्ने मुल नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सिलाई कटाई सम्बन्धी तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गाम (डम्बर)ले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को स्विकृत कार्यक्रम अनुसार करिब २ लाख बढी रुपैँया बजेटमा तालिम सञ्चालन गरिएको हो । तालिममा वडाका ५ जना महिलाहरुको सहभागिता रहेको थियो ।


बेरोजगारलाई उद्यमसँग जोडेर आय आर्जनसँग जोडी दिर्घकालीन रुपमा स्वरोजगार बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । साथै उहाँले स्थानीय स्तरमा नै स्वरोजगार बनाउन आगामी दिनमा उहाँहरुलाई थप तालिम दिएर व्यवसायि बनाउने प्रतिवद्धता जनाउनुभयो । तालिमको प्रशिक्षण घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ महिला समिती अध्यक्ष विष्णु श्रेष्ठले दिनुभएको थियो ।

प्रकाशित मिति : 10:27 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा