ताप्लेजुङमा लाखे नाँच सुरु



ताप्लेजुङमा । ताप्लेजुङमा लाखे नाँच सुरु भएको छ । विधिपूर्वक गठेमंगलको पुजा गर्दै लाखे नाँच सुरु भएको हो । 

बुधबार फुङलिङ नगरपालिका चार भिन्तुना डाडाँ जौबारीमा रहेको नेपाल भाषा तथा सांस्कृतिक समाजको भवनमा एक कार्यक्रमको आयोजना गरी पूजाका साथ लाखे नाँचको सुरुवात गरिएको समाजका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गथाँमुग चःन्हे श्रावण कृष्ण चतुर्दशीको अवसरमा लाखे नाँचको सुरुवात गरिने गरिन्छ । 

सोही अनुसार बुधबार घण्टा कर्ण (गठेमंगल) कार्यक्रमको आयोजना गरी लाखे नाँच सुरु गरिएको छ । समाजका सल्लाहकार गणेश श्रेष्ठका अनुसार नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गथ्र्यो । 

उक्त राक्षसलाई त्यतिबेला गठेमंगल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि दुबै कानमा घण्टा झुन्ड्याएका थिए । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुन्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टा कर्ण रहन गयो । 

मानव बस्तीमा एकदमै दुख दिएकाले एक दिन विधिगत रुपमा पुजा आरधना गरी अर्को भैरवको रुपमा लाखे उपस्थित भई घण्टाकर्णलाई मारेको किम्वदन्ती रहेको श्रेष्ठले बताउनुभयो । यही अनुसार मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । 

यो सँगै लाखे नाँचको पनि शुभारम्भ गरिन्छ  । भिन्तुना डाडाँबाट सुरु गरिएको लाखे नाँचले बजार परिक्रमा समेत गरेका नेपाल भाषा तथा सांस्कृतिक समाजले जनाएको छ । 

प्रकाशित मिति : 7:51 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका