फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर व्यवसायी आन्दोलित



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर पालक तथा व्यवसायीहरू आन्दोलित भएका छन् । फुङलिङ नगरपालिकाले बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुर तथा सुँगुरको खोर हटाउन आग्रह गरेपछि सुँगुर पालक तथा व्यवसायीहरू आन्दोलित भएका हुन् ।

केही समय अघि नगरपालिकाले बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुरको खोर तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले बङ्गुर राख्ने ठाउँ हटाउन सूचना मार्फत आग्रह गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयको विरोधमा बुधवार सदरमुकाम फुङलिङमा बङ्गुर तथा सुँगुर पालक तथा व्यवसायीले प्रदर्शन गरेका छन् । व्यावसायीहरूले सुँगुर व्यवस्थापन सङ्घर्ष समिति खडा गरी विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनरत पक्षले नगरपालिकाको उक्त निर्णय खारेज हुनुपर्ने एक सूत्रीय माग राखेका छन् ।

यस्तै र्‍याली सहित प्रशासन पुगेका आन्दोलनरत पक्षले नगरपालिकाको निर्णय तत्काल फिर्ता लिनुपर्ने मागसहित ज्ञापनपत्र समेत बझाएका छन् । यस अघि नगरपालिकाले सूचना जारी गरे अनुसार अनुसार तोक्मेडाँडा, कफी हाउस आसपास क्षेत्रमा रहेका खोरहरू हटाउनु पर्ने छ । यस्तै तोक्मेडाँडा हुँदै पालसिङडाँडा–बुद्धचोक–बिहिबारे आसपास क्षेत्रका, शेर्पा टोल– दाहाल गाउँ–बाझोगरा प्राथमिक विद्यालय क्षेत्रका खोर पनि हटाउन आग्रह गरिएको थियो ।

बिरेन्द्रचोक–हुलाक टोल–नवज्योति बोर्डिङ स्कुल–नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर विद्यालय, पुरानो गोसलाईन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासका क्षेत्रमा र भानु जन माध्यमिक विद्यालय, सेतिधारा बोझे आसपासका क्षेत्रमा सुँगुरको खोर तथा सुँगुरका लागि निर्माण गरिएका संरचना हटाउन भनिएको थियो ।

प्रकाशित मिति : 5:40 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा