फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर व्यवसायी आन्दोलित



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर पालक तथा व्यवसायीहरू आन्दोलित भएका छन् । फुङलिङ नगरपालिकाले बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुर तथा सुँगुरको खोर हटाउन आग्रह गरेपछि सुँगुर पालक तथा व्यवसायीहरू आन्दोलित भएका हुन् ।

केही समय अघि नगरपालिकाले बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुरको खोर तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले बङ्गुर राख्ने ठाउँ हटाउन सूचना मार्फत आग्रह गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयको विरोधमा बुधवार सदरमुकाम फुङलिङमा बङ्गुर तथा सुँगुर पालक तथा व्यवसायीले प्रदर्शन गरेका छन् । व्यावसायीहरूले सुँगुर व्यवस्थापन सङ्घर्ष समिति खडा गरी विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनरत पक्षले नगरपालिकाको उक्त निर्णय खारेज हुनुपर्ने एक सूत्रीय माग राखेका छन् ।

यस्तै र्‍याली सहित प्रशासन पुगेका आन्दोलनरत पक्षले नगरपालिकाको निर्णय तत्काल फिर्ता लिनुपर्ने मागसहित ज्ञापनपत्र समेत बझाएका छन् । यस अघि नगरपालिकाले सूचना जारी गरे अनुसार अनुसार तोक्मेडाँडा, कफी हाउस आसपास क्षेत्रमा रहेका खोरहरू हटाउनु पर्ने छ । यस्तै तोक्मेडाँडा हुँदै पालसिङडाँडा–बुद्धचोक–बिहिबारे आसपास क्षेत्रका, शेर्पा टोल– दाहाल गाउँ–बाझोगरा प्राथमिक विद्यालय क्षेत्रका खोर पनि हटाउन आग्रह गरिएको थियो ।

बिरेन्द्रचोक–हुलाक टोल–नवज्योति बोर्डिङ स्कुल–नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर विद्यालय, पुरानो गोसलाईन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासका क्षेत्रमा र भानु जन माध्यमिक विद्यालय, सेतिधारा बोझे आसपासका क्षेत्रमा सुँगुरको खोर तथा सुँगुरका लागि निर्माण गरिएका संरचना हटाउन भनिएको थियो ।

प्रकाशित मिति : 5:40 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा