फक्ताङलुङ स्थित उत्तरदक्षिण लोकमार्गको रानीपुल बेलिब्रिज बढीले बगायो 



ताप्लेजुङ । अबिर वर्षा सँगै आएको बढीले उत्तरदक्षिण लोकमार्गको रानीपुल बेलिब्रिज बगाएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउपालिका पाँच हेल्लोक खोलामा आएको बाढीले उक्त बेलिब्रिज बगाएको हो । 

मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहान ४ बजेसम्म परेको भारी वर्षाका कारण  उत्तरदक्षिण लोकमार्गमा पर्ने फक्ताङ्लुङ गाउँपालिका वडा नं. ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बगाएकाले यातायात ठप्प भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।

 उहाँका अनुसार अहिले तमोर खोलाको बहाव बढेको छ । साथै वडा नं. ६ लेलेपको फाङ्बारी स्कुलको छेउबाट पहिरो झरेको छ । उक्त ठाउँमा गत वर्ष पनि पहिरो झरेको थियो । अध्यक्ष लिम्बूको अनुसार अहिले सम्म मानवीय क्षति भने भएको छैन । 

यस्तै घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको साथै सिँवा र तापेथोक प्रहरी चौकीका प्रहरीसँग समन्वय गरिरहेको उहाँको भनाई छ । तत्काल उक्त क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित सबै निकाय जुट्न अध्यक्ष लिम्बूले आग्रह समेत गर्नु भएको छ । 

प्रकाशित मिति : 7:39 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा