फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय ताप्लेजुङमै स्थापना भएको हो ।

कार्यालयको उद्‌घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गर्नु भएको छ । ताप्लेजुङमै कार्यालय नहुँदा जिल्लावासीले इलाम पुगेर सेवा लिनु पर्ने बाध्यता रहेको थियो । ताप्लेजुङमै पूर्वाधारको शाखा कार्यालय स्थापना भएपछि जिल्लावासीले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रदेश सरकारले १४ ओटै जिल्लामा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुसार नै ताप्लेजुङमा पनि स्थापना गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो । कार्यालय स्थापना भएसँगै जिल्लामा हुने विकास निर्माणका कामहरू, सडक, पक्की पुल, झोलुगेँपुल, सहरी सडक, जनता आवास कार्यक्रम, सरकारी भवनलगायत निर्माण तथा मर्मत सम्भारको काम हुने बताइएको छ ।

प्रकाशित मिति : 6:41 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०