पूर्वाधार विकास मन्त्री राईद्वारा जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन



ताप्लेजुङ । कोशी प्रदेशका पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन गर्नु भएको छ । मन्त्री राई सहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगाम, पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूको टोलीले जिल्ला अस्पताल ताप्लेजुङको अवस्था र निर्माणधीन अस्पतालको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा मन्त्री राईले बिरामीसँग प्रत्यक्ष रुपमा भेटघाट गरि अस्पतालमा चिकित्सकले दिएको सेवा सन्तुष्ट भए नभएको प्रतिक्रिया लिनु भएको थियो । त्यस्तै अस्पताल व्यवस्थापन समिति, चिकित्सक, कर्मचारी सँग समेत अस्पताल सुधारका विषयमा आवश्यक परामर्श लिनुभएको छ ।

यस्तै विगत लामो समय अगाडिदेखि अलपत्र अवस्थामा रहेको अस्पताल निर्माणको कार्य चाँडै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई मन्त्री राईले निर्देशन दिनुभएको छ । बजेट भएर पनि निर्माणको कार्य पुरा नगरी अलपत्र अवस्थामा छोडिँदा जिल्लावासीले भोगिरहेको समस्या मनन गर्दै चाँडै निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

प्रकाशित मिति : 6:38 am

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय