पूर्वाधार विकास मन्त्री राईद्वारा जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन



ताप्लेजुङ । कोशी प्रदेशका पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन गर्नु भएको छ । मन्त्री राई सहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगाम, पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूको टोलीले जिल्ला अस्पताल ताप्लेजुङको अवस्था र निर्माणधीन अस्पतालको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा मन्त्री राईले बिरामीसँग प्रत्यक्ष रुपमा भेटघाट गरि अस्पतालमा चिकित्सकले दिएको सेवा सन्तुष्ट भए नभएको प्रतिक्रिया लिनु भएको थियो । त्यस्तै अस्पताल व्यवस्थापन समिति, चिकित्सक, कर्मचारी सँग समेत अस्पताल सुधारका विषयमा आवश्यक परामर्श लिनुभएको छ ।

यस्तै विगत लामो समय अगाडिदेखि अलपत्र अवस्थामा रहेको अस्पताल निर्माणको कार्य चाँडै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई मन्त्री राईले निर्देशन दिनुभएको छ । बजेट भएर पनि निर्माणको कार्य पुरा नगरी अलपत्र अवस्थामा छोडिँदा जिल्लावासीले भोगिरहेको समस्या मनन गर्दै चाँडै निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

प्रकाशित मिति : 6:38 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा