ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन



ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । ताप्लेजुङमा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।

मनिष हेल्लोक अध्यक्ष रहेको २९ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरिएको आइतबार सदरमुकाम फुङ्लिङमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । 

प्रतिष्ठान कार्यसमिति उपाध्यक्षहरुमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ, महासचिवमा पोमु केत्छाङ, सीता ‘पिरती’ साँवा, सचिवमा देवानसिंह मादेन, सहसचिवमा केबी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन हुनुभएको छ । 

यस्तै सदस्यहरूमा विवश केदेम, जिवन कालिकोटे, विनिता फेयङ, आलोक माबोहाङ, भिम अधिकारी, सुवास रिजाल, विनिता राई, पोष्ट बहादुर गुरुङ, नरेश मादेन, दिल बहादुर मादेन, राम जि लिङदेन, चन्द्र पराजित, शान्ति फियाक, मनु माबो, लक्ष्मी मादेन, सरिता गुरुङ, एनपी गाउँले, जितेन चेम्जोङ, योगेन्द्र खिम्दीङ, राम प्रकाश मेन्याङबो, नेत्र अविरल र सङ्घर्ष बेघा चयन हुनुभएको छ । 

मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन भएसँगै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापना जस्ता तीन वटा योजनालाई कार्यान्वयनमा लैजाने प्रतिष्ठानले आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेको छ । 

प्रतिष्ठानले अघि सारेको उक्त तीनवटा योजनालाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको नवगठित कार्यसमितिका अध्यक्ष हेल्लोकले बताउनुभयो । यस्तै अन्य जिल्ला र विदेशमा समेत प्रतिष्ठानको शाखा र उपशाखा गठन गर्ने योजना रहेको अध्यक्ष हेल्लोकले बताउनुभयो । 

प्रकाशित मिति : 5:09 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ