फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् । 

फुङलिङ–८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार  उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरे तत्कालै सेवा पाउने छन् ।

अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उहाँको भनाई छ । वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो । 

यस्तै वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : 10:59 am

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम