फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् । 

फुङलिङ–८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार  उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरे तत्कालै सेवा पाउने छन् ।

अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उहाँको भनाई छ । वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो । 

यस्तै वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : 10:59 am

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५

फुङलिङको बजेट ७९ करोड १२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक

सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष

आठराई त्रिवेणीको बजेट ५१ करोड ५८ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक