इ.वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । प्रस्तावना: यो राष्ट्र फेरि चुरिएको छ
हिजो गोरखालीले तलवार चलाएको थियो, आज जनता कलम र मतपेटिका लिएर क्रान्तिमा होमिंदै छन्। नेपालमा राजनीति फेरि एउटा जटिल मोडमा पुगेको छ। जहाँ सत्ता पक्षका दलहरू आफैँले खनेको खाल्टोमा खसिरहेका छन्, र रबि लामिछाने नामक एउटा स्वतन्त्र आवाज, जेलको सलाखभित्र बन्द भए पनि, जनजनको मनभित्र झनै मजबुत भएर गडिरहेका छन्।
रबि लामिछाने माथीको मुद्दा कानुनी होइन, योजनाबद्ध राजनीतिक हत्या प्रयास हो । मौज्दात सहकारी मुद्दा, कानुनीभन्दा बढी राजनीतिक हतियार हो, जसले भ्रष्ट शक्तिहरूले “सफासुग्घर” शत्रुलाई हराउने नयाँ तरिका अपनाएको देखिन्छ। अदालती संयन्त्रमा काँग्रेस र एमालेले आफ्ना नियुक्त न्यायाधीशहरू राखिसकेका छन्। वकिलहरू “दलगत आस्थाका झोले” बनेका छन्। छानबिन समिति “न्याय” होइन, “स्क्रिप्ट” लेख्दैछ।
रबिलाई “सहकारी ठग” भनिएको छ, तर मुद्दा हेर्दा “नैतिक अपहरण र चरित्र हत्या” को आधुनिक नमूना देखिन्छ।
काँग्रेस–एमालेको षड्यन्त्रः “भालुको कान समातेको स्थिति” बन्न पुगेको छ । रबि लामिछानेलाई जेल हाल्नु काँग्रेस र एमालेका लागि साँच्चिकै “भालुको कान समात्नु” जस्तै भयो।
– नछोडे जनता रिसाउँछन्,
– छोडे मत बगेर रास्वपालाई जान्छ।
यी दलहरू अब नैतिक संकटमा मात्र होइन, अस्तित्व संकटमा छन्। २०७९ को चुनावमा धक्का खाएका दलहरू रबिलाई कमजोर बनाउन खोज्दै थिए, तर गल्तीले नायक बन्ने बाटो खोले। अहिले रबि लामिछानेको जेल बसाई “राजबन्दी” को पथ लिइसकेको परिस्थिति बनिरहेको छ।
रास्वपाः थिचिएर उफ्रिने क्रान्तिकारी बेलुन हो,
यो कुनै प्रचारको बलमा होइन, दलहरूको भ्रष्टता, दम्भ, र दमनको प्रतिक्रिया स्वरूप जन्मिएको आन्दोलन हो। रास्वपालाई युगिन राजनीतिको भारी बोक्नु भन्दा, राजनीतिक कुपात्रहरु (ब्यक्ति ÷दल) लाई ठेगान लगाएर सुशासन र बिधिको मुलुक बनाउनु छ ।
खासमा रास्वपा युवाको आस्था, आमनागरिकको भरोसा, गरिब, श्रमिक, साना व्यवसायीहरूको सपनाको केन्द्रमा निष्ठाको सतिसाल झै रास्वपा ठिङ्ग उभिएको छ।
भर्खर ३ बर्ष पुगेको रास्वपाले आजसम्म कुनै “चमत्कारी घोषणा” गरेको छैन। तर काँग्रेस–एमालेका भ्रष्ट इतिहास नै रास्वपाको चुनावी नारा बनेको छ। इतिहासमा वाद र नारा धेरै गुञ्जिए तर मुलुक निर्माणका निष्ठा कोहिकसैमा पाईएन यसर्थ यहि पुर्तिको लागि रास्वपाको उदय भएको छ । जन्मिएको ५ महिना नपुग्दै संघिय निर्वाचन मार्फत २० सिट जितेर राष्ट्रिय दल हुँदै संसद भवनमा आवाज बिहिनहरुको आवाज बन्न थाले देखि नै रास्वपा दुष्टहरुको तारो बनिरहेको थियो तर जति थिच्यो, उति माथि उफ्रिने यो पार्टी अब क्रान्तिको अविभाज्य प्रतीक बन्दैछ।
आगामी २०८४ को चुनाव होइन, जनमतसंग्रहको स्वरूप हो । आगामी निर्वाचन २०८४ को चुनाव सधैंको जस्तो हुने छैन। त्यो भ्रष्ट राजनीतिक प्रणाली र नयाँ जनचेतनाबीचको टकराव हुनेछ। त्यो न्यायालयको आदेश र जनमतको अभिप्रायबीचको द्वन्द्व हुनेछ।
त्यो गुट, भागबन्डा र सिधा जनसेवामूलक राजनीतिबीचको युद्ध हुनेछ। यस युद्धमा रबि लामिछाने नामक विचार झन् स्पष्ट, झन् लोकप्रिय, र झन् विश्वासिलो बन्दै गएको छ।
विश्व राजनीतिमा रबि लामिछानेजस्तै राजनीतिक प्रतिशोध र सत्ताशक्तिको दमन सहेर पनि उठेका धेरै नेता छन्। यिनीहरूले पनि झुटा मुद्दा, कारागार जीवन, छवि हत्या प्रयास, र सत्ताधारीहरूबाट उत्पीडन झेले — तर पछि गएर आदर्श नेता, प्रधानमन्त्री, राष्ट्रपतिको रूपमा उदाए।
यहाँ केही प्रमुख उदाहरणहरू रबि लामिछानेसँग तुलना गर्दै सार रूपमा प्रस्तुत छन्ः
१ . अरविन्द केजरीवाल (भारत)
प्रतिशोधः
– आम आदमी पार्टी ( एएपि ) बनाएपछि काँग्रेस र भाजपा दुवैद्वारा झुटा मुद्दा,
– भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुँदा गिरफ्तार,
– पछिल्लो समय दिल्लीको मुख्यमन्त्री भएर पनि जेलमा हालियो।
उत्थानः
– जनताले न्यायालय होइन, मतपेटिका मार्फत न्याय गरे,
– दिल्लीमा बहुमत, अब राष्ट्रव्यापी प्रभाव।
सन्देशः
जनतासँगै भएको नेतृत्व, जेल जाँदा झन् लोकप्रिय बन्न सक्छ।
२. इमरान खान (पाकिस्तान)
प्रतिशोधः
– प्रधानमन्त्री हुँदा शक्तिशाली सेनासँग टकराव,
– हटाइएपछि विभिन्न मुद्दा (भ्रष्टाचार, आतङ्क, देशद्रोह) मा थुना,
– छवि हत्या, पार्टीमा फूट, मिडिया प्रतिबन्ध।
उत्थानः
– जेलमा हुँदा समेत सबैभन्दा लोकप्रिय नेता,
– निर्वाचनमा पार्टी सफल, जन समर्थन अटुट।
सन्देशः
झुटा मुद्दाले लोकप्रियता घट्दैन, कहिलेकाहीं झन् बढ्छ।
३. अंग सान सु की (म्यानमार)
प्रतिशोधः
– सैन्य शासनद्वारा घरमै १५ वर्ष नजरबन्द,
– राजनीतिक गतिविधिमा पूर्ण रोक।
उत्थानः
– लोकतन्त्र बहालीपछि प्रधानमन्त्री स्तरको नेता,
– अन्तर्राष्ट्रिय नोबेल शान्ति पुरस्कार।
सन्देशः
लामो दमनपछि पनि सत्य विचार जनताबाट कहिल्यै हराउँदैन।
४. लेख वलेसा (पोल्याण्ड)
प्रतिशोधः
– मजदुर आन्दोलन चलाउँदा सरकारद्वारा गिरफ्तार,
– श्रमिक नेताबाट “राष्ट्रविरोधी” लेबल।
उत्थानः
– पछि राष्ट्रपति पदमा निर्वाचित,
– नोबेल शान्ति पुरस्कार विजेता।
रास्वपाको यो लडाइँ अब विचारको हो, अनि त्यो विचार ूनयाँ नेपालू हो । असत्यले सत्यलाई स्थायीरुपमा छेक्न वा भ्रमित पार्न सक्दैन । काँग्रेस–एमाले मिलेर जे गरे, त्यसले रास्वपाको साख घटाउनुको साटो थप बढाउदै गरेको हामीसामु छर्लङ्ग छ।
पत्रकार हुँदै देखि सक्न लागिपरेका दुष्टआत्माहरुलाइ रबि लामिछानेको कन्फिडेन्टले अत्यन्तै धैर्यताका साथ सामना गरिरहेका थिए । यसै कसिले ( सहनशीलता, मौन क्रान्ति, र प्रतिशोध नभई पुनर्निर्माणको सपनाका विशेषताले) रबि लामिछाने ‘नेताबाट विचार’ मा रूपान्तरण भएको संकेत दिन थालेका छन्।
रबिलाई जेल हालेर निस्तेज पार्ने होइन, आवाज बिहिनको आवाज यानेकी राष्ट्रको आवाज झनै प्रज्वलित बनाइदै छ । एक रबिलाई जेलमा हालेर सयौं, हजारौं रबि जन्माईदैछ । यो देशले नयाँ नेताको खोजी गरिरहेको थियो, जोः
निष्ठापुर्वक आफ्नो पेशामा लिन थिए,
जनतासग अत्यन्तै करिब थिए,
सर्वथा सादा थिए,
साँचो बोल्थे,
भ्रष्टाचार विरुद्ध थिए,
अनि सदैव जनतासँगै थिए।
आज रबि लामिछाने जेलमा छन्, तर जनजनको मनको सिंहासनमा छन्।
हिजो सम्म कतै रबिले केही तलमाथि पो गरेको छ कि ? भनेर सन्देह राख्ने हरु आज पुरानो दलको प्रतिसोध भनेर प्रष्ट भै मुलुकलाई बैतर्णी तार्न रबिको पक्ष यानेकी पुराना दलको ज्यादती विरुद्ध हस्ताक्षर गर्नेको सङ्ख्या २० लाख अधिक भैसकेको छ । गाउँ गाउँबाट विभिन्न दलका कृयासिल सदस्यहरु च्यातेर रास्वपाको सदस्य लिने र मिशन २०८४ को ऐक्यबद्धतामा समाहित भैरहेका छन ।
आज उनीमाथि झुटको सन्देह फैलाउने कोशिस एमाले काङ्ग्रेसबाट भैरहेको छ, तर भोलिको इतिहासमा उनी सत्यको प्रतीक बन्ने निश्चितै छ।
आज काँग्रेस र एमालेको गठबन्धन शक्तिशाली देखिन्छ, तर भोलिको मतदानले त्यो गठबन्धनलाई जनताको अदालतले खारेज गर्नेछ।
अन्त्यमा, एक प्रश्न ः
रबि लामिछाने दोषी होलान कि भन्ने आशातित फलको लोभ मुलुकद्रोहिमा होला ? तर यो जनअदालतको कुरा हो। काँग्रेस र एमालेले राजनीतिक हतियार बनाएका छन् तर यो जनताको आँखा अगाडिको यथार्थ हो।
अब फैसला अदालतको होइन, जनताको हुनेछ। त्यो फैसला इतिहासले लेख्नेछ, र जनताले सुनाउनेछन्।
लेखक २०५३ साल देखि अनवरत नेपाली जलविद्युत क्षेत्रमा काम गरिरहेका बरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठ, जलउर्जाको अलावा उच्च हिमाली क्षेत्रको जललाई पिउने पानीको रुपमा र सिचाइको रुपमा प्रयोग गरि मुलुकको समृद्धि खोज्न मुलुकले बिशेष पहल गर्नु पर्ने बताउछन् । लोकपप बिधाका गायक श्रेष्ठको झन्डै ४ दर्जन गीत नेपाली सागीतिक बजारमा छन् । समसामयिक बिषयलाई लेख मार्फत जनता सामु पस्किने श्रेष्ठ रास्वपा ताप्लेजुङका सभापति समेत रहेका छन् ।
प्रतिक्रिया