एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो  । 

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी बैशाख र चैत महिनामा सङ्कलन भएको छ । बैशाखमा ६० लाख ९० हजार ८१५ रुपियाँ र चैत महिनामा ५० लाख पाँच यस रुपियाँ भेटी सङ्कलन भएको छ । विषेश गरि चैत्र, बैशाख र दशैं तिहारलाई पाथीभरा सिजनको रुपमा लिने गरिन्छ । 

यस्तै साउन महिनामा छ लाख ९१ हजार, भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै चार लाख ११ हजार १५१ रुपियाँ भेटी सङ्कलन भएको थियो । कार्तिकमा ३७ लाख ४४ हजार ६५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ भेटी सङ्कलन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

माघ महिनामा १० लाख ४० हजार रुपियाँ, फागुनमा १३ लाख तीन हजार पाँच सय रुपियाँ, जेठमा २३ लाख ९५ हजार रुपियाँ र असारमा २३ लाख एक हजार १०५ रुपियाँ भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो । 

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार १८:३६

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको