एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो  । 

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी बैशाख र चैत महिनामा सङ्कलन भएको छ । बैशाखमा ६० लाख ९० हजार ८१५ रुपियाँ र चैत महिनामा ५० लाख पाँच यस रुपियाँ भेटी सङ्कलन भएको छ । विषेश गरि चैत्र, बैशाख र दशैं तिहारलाई पाथीभरा सिजनको रुपमा लिने गरिन्छ । 

यस्तै साउन महिनामा छ लाख ९१ हजार, भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै चार लाख ११ हजार १५१ रुपियाँ भेटी सङ्कलन भएको थियो । कार्तिकमा ३७ लाख ४४ हजार ६५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ भेटी सङ्कलन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

माघ महिनामा १० लाख ४० हजार रुपियाँ, फागुनमा १३ लाख तीन हजार पाँच सय रुपियाँ, जेठमा २३ लाख ९५ हजार रुपियाँ र असारमा २३ लाख एक हजार १०५ रुपियाँ भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो । 

प्रकाशित मिति : 6:36 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर