ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान



ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान गरिएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा आँउदो साउन २४ गतेदेखि फुङलिङमा सञ्चालन हुने उक्त गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान गरिएको हो ।

गोल्डकपमा टिकट बिक्रीको लागि इच्छा भएको कम्पनी, संस्था वा समुहहरुले ७ दिन भित्र लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पर्क राख्न राख्नु पर्ने छ । प्रतियोगिताको पहिलो चरणका ४ वटा खेलको टिकट दर एक सय रुपियाँ रहने लाखेजात्रा सञ्चालन समितिका सचिव टेकेन्द्र नेपालीले बताउनुभयो ।

यस्तै दोस्रो चरण ९सेमिफाइनल० खेलको लागि टिकट दर दुई सय रुपियाँ रहने र फाइनल खेलको टिकट दर दुई सय पचास रुपियाँ रहने छ । टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समुहले कम्तीमा २० लाख रुपियाँ बुझाउनु पर्ने छ । गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ भने, अस्थायी प्याराफिट निर्माण कार्य सुरु भएको छ ।

गत वर्ष ताप्लेजुङ गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

प्रथम संस्करणमा तीन लाख, दोश्रो संस्करणमा पाँच लाख रुपियाँ नगर पुरस्कार प्रदान गरिएको गोल्डकपको पुरस्कार राशि यस वर्ष बढाउने चर्चा भइरहेको छ । आम्दानीका आधारमा पुरस्कार राशि समेत वृद्धि गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:46 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो