सहकारी विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरे महशुल नतिर्ने



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले फूलबारी विद्युत सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरे उपभोक्ताहरूको महशुल नतिर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि फूलबारी विद्युत सहकारी संस्था प्राधिकरणलाई हस्तान्तरण नगरे उपभोक्ताहरूको महशुल नतिर्ने भएको हो ।

सहकारी संस्था विद्युत प्राधिकरणलाई हस्तान्तरण गरी बुझबुझारथ नगरेसम्म पालिकाले फूलबारी विद्युत सहकारी संस्था मातहत रहेका उपभोक्ताहरूको को महशुल आगामी साउन १ गतेदेखि नतिर्ने भएको पालिका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले बताउनुभयो ।

पालिकाको वडा नं. २ फूलबारी एकमात्र टिओडी मिटरद्वारा सम्पूर्ण लाभग्राहीको सम्पूर्ण विद्युत महशुल एकमुष्ट रुपमा रिडिङ हुँदै आएको छ । यो प्रणालीमा वडा भित्रका लाभग्राहीले व्यवसायिक रुपमा प्रयोग गर्दै आएको विद्युत महशुल औंल्याउन कठिन भएको अधिकृत मेहताको भनाई छ ।

त्यसैले फूलबारी विद्युत सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणलाई सहकारी संस्था हस्तान्तरण गरी बरबुझारथ गर्नु पर्ने पालिकाले जनाएको छ । पालिकाले फूलबारी विद्युत सहकारी संस्थालाई पटक–पटक पत्राचार गरी विद्युत सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आग्रह गर्दा समेत सहकारी संस्थाले अटेर गरेको दावी गरेको छ ।

पछिल्लो निर्वाचित जनप्रतिनिधिको वर्तमान कार्यकालमा आठराई त्रिवेणी गाउँपालिका भरीका उपभोक्ताले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिर्दै आएको छ ।

प्रकाशित मिति : 6:25 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा