सहकारी विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरे महशुल नतिर्ने



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले फूलबारी विद्युत सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरे उपभोक्ताहरूको महशुल नतिर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि फूलबारी विद्युत सहकारी संस्था प्राधिकरणलाई हस्तान्तरण नगरे उपभोक्ताहरूको महशुल नतिर्ने भएको हो ।

सहकारी संस्था विद्युत प्राधिकरणलाई हस्तान्तरण गरी बुझबुझारथ नगरेसम्म पालिकाले फूलबारी विद्युत सहकारी संस्था मातहत रहेका उपभोक्ताहरूको को महशुल आगामी साउन १ गतेदेखि नतिर्ने भएको पालिका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले बताउनुभयो ।

पालिकाको वडा नं. २ फूलबारी एकमात्र टिओडी मिटरद्वारा सम्पूर्ण लाभग्राहीको सम्पूर्ण विद्युत महशुल एकमुष्ट रुपमा रिडिङ हुँदै आएको छ । यो प्रणालीमा वडा भित्रका लाभग्राहीले व्यवसायिक रुपमा प्रयोग गर्दै आएको विद्युत महशुल औंल्याउन कठिन भएको अधिकृत मेहताको भनाई छ ।

त्यसैले फूलबारी विद्युत सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणलाई सहकारी संस्था हस्तान्तरण गरी बरबुझारथ गर्नु पर्ने पालिकाले जनाएको छ । पालिकाले फूलबारी विद्युत सहकारी संस्थालाई पटक–पटक पत्राचार गरी विद्युत सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आग्रह गर्दा समेत सहकारी संस्थाले अटेर गरेको दावी गरेको छ ।

पछिल्लो निर्वाचित जनप्रतिनिधिको वर्तमान कार्यकालमा आठराई त्रिवेणी गाउँपालिका भरीका उपभोक्ताले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिर्दै आएको छ ।

प्रकाशित मिति : 6:25 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०