कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगायो



ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगाएको छ । कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको हो ।

तोरोङदिन भन्ने स्थानमा रहेको पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभएको छ । उहाँका अनुसार पुल असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।

पुल नहुँदा तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जान पूर्णरूपमा ठप्प भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । यो मार्ग भएर भदौदेखि मङ्सिरसम्म स्वदेशी तथा विदेशी पर्यटक ट्रेकिङ जाने गर्छन् ।

उक्त पुल तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो । यस्तै औली क्षेत्रमा पानीको अभाव भइरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र छ ।

कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने तोरोङदिन स्थित सिम्बुवा खोलाको पुल बाढीले बगाए पछिको अवस्था ।

प्रकाशित मिति : 6:20 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन