ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ



ताप्लेजुङ । ताप्लेजुङमा ३९.६३ प्रतिशत रोपाइँ भएको छ । यो वर्षको असार २९ गते सम्ममा ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ भएको हो ।

गत वर्षको यही अवधिको तुलनामा यो वर्ष ताप्लेजुङमा धान रोपाइँ ७ प्रतिशतले कम भएको छ । गत वर्षको असार २९ गते सम्ममा ४६।३० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ताप्लेजुङमा कुल पाँच हजार ६६६ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुने गर्दछ । अहिलेसम्म दुई हजार २४५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ भएको छ । विषेशगरि गत वर्षको तुलनामा यो वर्ष वर्षा कम भएका कारण रोपाइँ हुन नसकेको कृषि प्रसार अधिकृत श्रेष्ठको भनाइ छ । अहिले पनि कृषकहरू आकासे पानीमा नै निहित छन् ।

यस वर्ष पानी नपरेका कारण कृषहरू चिन्तित बनेका छन् । “रोपाइँ गरौँ त पानी छैन भर आकाशकै छ” मेरिङदेन गाउँपालिका ३ दोभानका कृषक हस्त लिम्बू भन्न हुन्छ । गत वर्ष यो अवधिमा उहाँले धान रोपाइँ सक्नुभएको थियो । तर यो वर्ष पानी नपरेका कारण उहाँले रोपाइँ नै गर्नुभएको छैन ।

यता कृषि प्रसार अधिकृत श्रेष्ठ भने यो वर्ष सरदरभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गर्नुहुन्छ । कृषक लिम्बूको पनि आशा त्यही नै छ ।

प्रकाशित मिति : 6:06 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता