अपर तमोर हाइड्रोपावरको रोकिएका सबै काम यथावत राख्न माग



ताप्लेजुङ। ताप्लेजुङमा निर्माण भइरहेको अपर तमोर हाइड्रोपावर कम्पनीको रोकिएको सबै काम यथावत राख्न अनुरोध गरिएको छ । शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरि अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले यस्तो अनुरोध गरेको हो ।

मुन्धुमी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा मानव समुदायका सभ्यताको केन्द्रलाई ध्वस्त गर्ने कार्य भएकाले हाइड्रोपावरको निर्माण कार्य रोक्नु पर्ने सङ्घर्ष समितिको माग रहेको छ । यस्तै हाइड्रोपावर कम्पनीको पूर्ण रोकिएको काम आन्दोलन र स्थानीयवासीको उद्देश्य, लक्ष्य, मर्म, भावना अनुरूप यथावत राख्न अनुरोध गरिएको सङ्घर्ष समितिका संयोजक बिरबल लिङ्खिले बताउनुभयो ।

यस अघि असार २३ गते सङ्घर्ष समिति र हाइड्रोपावर कम्पनी बिच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा छलफल भएको थियो । उक्त छलफलपछि पुन २७ गते शुक्रबार छलफलमा बस्ने निर्णय अनुसार छलफलमा बसिएको तर, छलफलमा हाइड्रोपावर निर्माणको विकल्प मागिएकाले कुनै विकल्प नभएको संयोजक लिङ्खिमको भनाई छ ।

यस्तै रोकिएको काम यथावत नै राख्नु पर्ने माग रहेको सङ्घर्ष समितिले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको कार्य सुरु गरेपछि सङ्घर्ष समिति आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : 6:07 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा