अपर तमोर हाइड्रोपावरको रोकिएका सबै काम यथावत राख्न माग



ताप्लेजुङ। ताप्लेजुङमा निर्माण भइरहेको अपर तमोर हाइड्रोपावर कम्पनीको रोकिएको सबै काम यथावत राख्न अनुरोध गरिएको छ । शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरि अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले यस्तो अनुरोध गरेको हो ।

मुन्धुमी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा मानव समुदायका सभ्यताको केन्द्रलाई ध्वस्त गर्ने कार्य भएकाले हाइड्रोपावरको निर्माण कार्य रोक्नु पर्ने सङ्घर्ष समितिको माग रहेको छ । यस्तै हाइड्रोपावर कम्पनीको पूर्ण रोकिएको काम आन्दोलन र स्थानीयवासीको उद्देश्य, लक्ष्य, मर्म, भावना अनुरूप यथावत राख्न अनुरोध गरिएको सङ्घर्ष समितिका संयोजक बिरबल लिङ्खिले बताउनुभयो ।

यस अघि असार २३ गते सङ्घर्ष समिति र हाइड्रोपावर कम्पनी बिच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा छलफल भएको थियो । उक्त छलफलपछि पुन २७ गते शुक्रबार छलफलमा बस्ने निर्णय अनुसार छलफलमा बसिएको तर, छलफलमा हाइड्रोपावर निर्माणको विकल्प मागिएकाले कुनै विकल्प नभएको संयोजक लिङ्खिमको भनाई छ ।

यस्तै रोकिएको काम यथावत नै राख्नु पर्ने माग रहेको सङ्घर्ष समितिले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको कार्य सुरु गरेपछि सङ्घर्ष समिति आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १८:०७

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी