नेपाली काङ्ग्रेस जिल्ला प्रशिक्षण विभागद्वारा लघु प्रशिक्षण कार्यक्रम सम्पन्न



सौगात विष्ट 
ताप्लेजुङ । ताप्लेजुङमा लघु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस जिल्ला प्रशिक्षण विभागको आयोजनामा शुक्रबार फुङ्लिङ नगरपालिकाको वाणिज्य सङ्घको हलमा एक दिने लघु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

प्रशिक्षण कार्यक्रममा उद्‍घोषण र भाषण काला, नेपाली काङ्ग्रेसको झण्डा, चुनावी चिह्नको महत्व र अर्थ साथै जय नेपालको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी गराइएको थियो । जसमा उद्‍घोषण र भाषण कलाको प्रशिक्षण नेपाली काङ्ग्रेसका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले गराउनुभएको थियो । 

यस्तै नेपाली काङ्ग्रेसको साधारण सदस्यको मूल्य मान्यता साथै क्रियाशील सदस्यताको विषयमा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति केशव प्रसाद दाहालले प्रशिक्षण दिनुभएको थियो । काङ्ग्रेसको आदर्श, सिद्धान्त ९राष्ट्रियता, लोकतन्त्र र समाजवाद० को विषयमा जिल्ला सदस्य प्रशिक्षक सुरेन्द्र बस्नेतले जानकारी गराउनुभएको थियो । 

साथै नेपाली काङ्ग्रेसको ऐतिहासिक पृष्ठभूमि र राजनीतिक प्रतिबद्धताको विषयमा जिल्ला सदस्य मातृका शेर्पा र सङ्गठन बिस्तारमा सूचना प्रविधिको प्रयोगमा महाधिवेशन प्रतिनिधि माला पालुङ्वाले प्रशिक्षण गराउनुभएको थियो ।

प्रशिक्षार्थीका रुपमा भने फुङलिङ नगर कार्य समितिका सभापति, सचिव, नेपाल तरुणदल जिल्ला कार्य समितिबाट ५ जना, नेपाल विद्यार्थी सङ्घबाट ५ जना, नेपाल महिला सङ्घबाट २० जना, फुङलिङ नगर कार्य समिति अन्तर्रगतका ११ वटै वडाका सभापति र सचिवको सहभागिता रहेको थियो ।

यस्तै किसान सङ्घबाट ५ जना, लोकतान्त्रिक लिम्बू सङ्घबाट ३ जना, लोकतान्त्रिक तामाङ सङ्घबाट ३ जना, लोकतान्त्रिक मगर सङ्घबाट ३ जना, लोकतान्त्रिक शेर्पा सङ्घबाट ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यकर्तालाई पार्टीका विषयमा विविध जानकारी दिन समसामयिक कुरामा प्रष्ट्याउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रशिक्षण विभागका संयोजक डिल्लीरमण बरालले बताउनुभयो । पछिल्लो समय नेपाली काङ्ग्रेस ताप्लेजुङले साङ्गठनिक गतिविधिलाई तीव्रता दिएको छ । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १७:३४

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी