अलैँची जोन ताप्लेजुङको अध्यक्षमा गौतम



ताप्लेजुङ । अलैँची जोन सञ्चालन समन्वय समिति ताप्लेजुङको अध्यक्षमा घननाथ गौतम निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको लागि बिहीबार भएको निर्वाचनमा गौतम निर्वाचित हुनुभएको हो ।

अलैँची जोन सञ्चालन समन्वय समितिमा तीन महिला सहित नौजना निर्वाचित हुने प्रावधान रहेको छ । महिला सदस्यमा नैनकला बराल, मनकुमारी भट्टराई र फुलमाया गुरुङ चयन हुनुभएको । अन्य सदस्यमा हर्क गुरुङ, कुमार लिम्बू, निम तेन्जी शेर्पा, विजय चोङवाङ, प्रदिप गुरुङ चयन हुनुभएको छ । अध्यक्षको टुङ्गोसमेत निर्वाचन प्रकृया मार्फत लागेको थियो ।

जोन लागुभएको पालिकाबाट एक पालिका एक सदस्य हुनेगरि समिति रहेको उल्लेख गरिएको छ । निर्वाचन प्रकृयामा भने मैवाखोला र सिदिङवा गाउँपालिकाबाट सहभागी नभएको बताइएको छ । सिरिजङ्घामा जोनको कार्यक्रम छैन । यसमा नगरपालिकाका सदस्य छानिएको थियो ।

यो समितिको कार्यकाल दुई वर्षको हुन्छ । यसअघि बालमणि बरालको नेतृत्वमा समिति रहेको थियो ।

प्रकाशित मिति : 11:59 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा