अलैँची जोन ताप्लेजुङको अध्यक्षमा गौतम



ताप्लेजुङ । अलैँची जोन सञ्चालन समन्वय समिति ताप्लेजुङको अध्यक्षमा घननाथ गौतम निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको लागि बिहीबार भएको निर्वाचनमा गौतम निर्वाचित हुनुभएको हो ।

अलैँची जोन सञ्चालन समन्वय समितिमा तीन महिला सहित नौजना निर्वाचित हुने प्रावधान रहेको छ । महिला सदस्यमा नैनकला बराल, मनकुमारी भट्टराई र फुलमाया गुरुङ चयन हुनुभएको । अन्य सदस्यमा हर्क गुरुङ, कुमार लिम्बू, निम तेन्जी शेर्पा, विजय चोङवाङ, प्रदिप गुरुङ चयन हुनुभएको छ । अध्यक्षको टुङ्गोसमेत निर्वाचन प्रकृया मार्फत लागेको थियो ।

जोन लागुभएको पालिकाबाट एक पालिका एक सदस्य हुनेगरि समिति रहेको उल्लेख गरिएको छ । निर्वाचन प्रकृयामा भने मैवाखोला र सिदिङवा गाउँपालिकाबाट सहभागी नभएको बताइएको छ । सिरिजङ्घामा जोनको कार्यक्रम छैन । यसमा नगरपालिकाका सदस्य छानिएको थियो ।

यो समितिको कार्यकाल दुई वर्षको हुन्छ । यसअघि बालमणि बरालको नेतृत्वमा समिति रहेको थियो ।

प्रकाशित मिति : 11:59 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज