ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुन फर्कियो काठमाडौँ



ताप्लेजुङ । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार आज बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँदेखि ताप्लेजुङका लागि ४ जना यात्रु लिएर जहाज उडेको थियो । उनीहरु सदरमुकामसम्म आइपुगेर पनि जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँमै ओर्लिने भएका छन् । ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न ७ जना यात्रुले होडिङ पास लिएर घण्टौँसम्म प्रतीक्षामा बसेका थिए । अतिआवश्यक कामका लागि काठमाडौँ जाने योजनाका साथ प्रतीक्षामा बसेका यात्रु जहाज अवतरण नभएपछि निरास हुँदै घर फर्किएका छन् ।

छोटो समयमा नै राजधानी पुगेर काम सम्पन्न गरि फर्किने योजनामा रहेका यात्रु पुन लामो दुरीको गाडीबाटै यात्रा गर्न बाध्य भएका छन् । सुकेटार विमानस्थलमा प्राय अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जसको प्रत्यक्षमा मारमा जिल्लावासी परेका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार ११:५३

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल