ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुन फर्कियो काठमाडौँ



ताप्लेजुङ । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार आज बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँदेखि ताप्लेजुङका लागि ४ जना यात्रु लिएर जहाज उडेको थियो । उनीहरु सदरमुकामसम्म आइपुगेर पनि जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँमै ओर्लिने भएका छन् । ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न ७ जना यात्रुले होडिङ पास लिएर घण्टौँसम्म प्रतीक्षामा बसेका थिए । अतिआवश्यक कामका लागि काठमाडौँ जाने योजनाका साथ प्रतीक्षामा बसेका यात्रु जहाज अवतरण नभएपछि निरास हुँदै घर फर्किएका छन् ।

छोटो समयमा नै राजधानी पुगेर काम सम्पन्न गरि फर्किने योजनामा रहेका यात्रु पुन लामो दुरीको गाडीबाटै यात्रा गर्न बाध्य भएका छन् । सुकेटार विमानस्थलमा प्राय अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जसको प्रत्यक्षमा मारमा जिल्लावासी परेका छन् ।

प्रकाशित मिति : 11:53 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर