ताप्लेजुङ गोल्डकपलाई विशेष सहयोग गर्न मन्त्री हाङ्गामको एन्फालाई आग्रह



ताप्लेजुङ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपलाई विशेष सहयोग गर्न नेपाल फुटबल सङ्घ (एन्फा) लाई आग्रह गर्नुभएको छ । एन्फाको कार्यालयमै पुगेर मन्त्री हाङ्गामले आगामी साउन २४ गतेदेखि फुङलिङको भानु जन माविको खेलमैदानमा सञ्चलन हुने गोल्डकपलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । 

विहीबार एन्फा कम्प्लेक्स सातदोबाटो पुग्नुभएका मन्त्री हाङगामले एन्फाका पदाधिकारीहरूलाई लाखेजात्राको अवसरमा हुने प्रतियोगितामा आउने दर्शक, फुटबल प्रतिको मोह र दुर्गमको खेल अवस्थाको विषयमा जानकारी गराउँदै सहयोगको आग्रह गर्नुभएको छ ।  यो अवसरमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी सहितका पदाधिकारीले मन्त्री हाङ्गामलाई सम्मान गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको उपाध्यक्ष समेत भइसक्नुभएका तथा फुटबलका खेलाडी मन्त्री हाङगामले फुटबलको क्रेज गाउँगाउँमा भएको तर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले गाउँका खेलाडी खोज्न र गाउँबाटै खेललाई उठाउन एन्फासँग आग्रह गर्नुभएको हाङ्गामको सचिवालयले जनाएको छ ।

जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचित ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण साउन २४ गते अर्थात् जनैपूर्णिमाको दिनदेखि सुरु गर्ने निर्णय भएको छ  । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले सञ्चालन गर्दै आइरहेको गोल्डकप आगामी साउन २४ गतेदेखि सुरु भएर ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल हुने समितिका सचिव टिकेन नेपालीले जानकारी दिनुभयो । 

गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ । 

प्रकाशित मिति : 11:50 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा