ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो ।

दलित सशक्तीकरणका लागि अध्यक्ष कोष कार्यक्रम अन्तर्गत मागमा आधारित रहेर ११ लाख ६४ हजार रुपियाँ बराबरको सामग्रीसहित उन्नत जातका पशुचौपाया वितरण गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार ‘सशक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ बमोजिम माग प्रस्तावना आह्वान गरी प्रत्येक वडामा गठन भएका दलित समूहबाट आएका माग र वडाको सिफारिसका आधारमा वितरण गरिएको हो ।

जसमा एक नम्बर वडाका नवजागरण दलित समूहलाई नौमती बाजा वितरण गरिएको छ । सोही वडाका फुलमाया कालिकोटे, केशब बराइली र उत्तम रहपाललाई एक–एक थान टनेल, मैतराज सापकोटा र आइराज कामीलाई आरन वितरण गरिएको छ । रामकुमार बिक, दलबहादुर कामी, हरिकृष्ण रहपाललाई एक–एक थान ग्यास सिलिन्डर, सन्तोष दर्नाललाई मोटर र अन्य मेसिन प्रदान गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो ।

यस्तै, दुई नम्बर वडाका दिपक विश्वकर्मा, ज्ञानबहादुर विश्वकर्मा, मिलन विश्वकर्मा, कमलादेवी विश्वकर्मा, सन्तमान विश्वकर्मा, राम नेपाली, मनबहादुर बराइली, प्रेमकुमारी विश्वकर्मा, वीरबहादुर विश्वकर्मालाई एक(एक वटा उन्नत जातको बाख्रा वितरण गरिएको छ । सोही वडाका इन्द्रबहादुर विश्वकर्मालाई उन्नत जातको भैँसी वितरण गरिएको छ ।

तीन नम्बर वडाका सुमन कार्की डोली, मनमाया कार्की डोली, गोपाल विश्वकर्मा, संजिता कार्कीडोली र दिपक सुनारलाई शौचालय निर्माणका लागि पाइप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी वितरण गरिएको छ । यस्तै समिर सुनार, साजन सुनार, धनबहादुर सुनार, राते विश्वकर्मा, भगीरत विश्वकर्मालाई टनेल एक–एक थान प्रदान गरिएको छ । पूर्णबहादुर बिक र सलबहादुर विकलाई आरन र सुरविर कार्की डोलीलाई उन्नत जातको बङ्गुर प्रदान गरिएको छ । सोही वडाको माङमाया दलित समूहलाई एक थान ब्राजिल मेसिन प्रदान गरिएको छ ।

चार नम्बर वडाका डिल्लीबहादुर बराइली र डम्बरबहादुर बराइलीलाई एक–एक वटा उन्नत जातको गाई, बुद्धिलाल बराइलीलाई शौचालय निर्माण सामग्री तथा केन्द्रिय लाइन जडान वयरिङका सामग्री प्रदान गरिएको छ । पाँच नम्बर वडाका सुरेश नेपाली र अर्चना कामीलाई पाइप, टेकबहादुर बिक, नगेन कामी, लते कामीलाई ब्राजिल मेसिन एक–एक थान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १३:१८

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४

एक महिनापछि ताप्लेजुङमा भयो उडान

ताप्लेजुङ । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ