एक महिनापछि ताप्लेजुङमा भयो उडान



ताप्लेजुङ । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज ९सोमबार० मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको इन्चार्ज कार्कीको भनाइ छ ।

जहाज नआउँदा टिकट लिएर बसेका यात्रुहरू पुनः गाडीकै माध्यमबाट यात्रा गर्न बाध्य भएका थिए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्नेका लागि अहिले नौ हजार दुई सय रुपियाँ भाडादर कायम रहेको कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:41 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा