एक महिनापछि ताप्लेजुङमा भयो उडान



ताप्लेजुङ । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज ९सोमबार० मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको इन्चार्ज कार्कीको भनाइ छ ।

जहाज नआउँदा टिकट लिएर बसेका यात्रुहरू पुनः गाडीकै माध्यमबाट यात्रा गर्न बाध्य भएका थिए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्नेका लागि अहिले नौ हजार दुई सय रुपियाँ भाडादर कायम रहेको कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:41 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०