नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने



ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको छ । शुक्रबारदेखि असार २२ गते बिहान ११ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

कार्यालयमा प्रयोग हुने नक्सा प्रिन्ट, कित्ताकाट लगायतका काममा प्रयोग भइरहेको नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम प्रणालीको केन्द्रिय सर्भर स्थानान्तरण गर्नुपर्ने भएकाले दुई दिनका लागि सेवा अवरुद्ध हुने नापी कार्यालय प्रमुख रजिता श्रेष्ठले बताउनुभयो । कार्यलयले अन्य दिनमा भने कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्दै आएको छ ।

२०८२ सालभर बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा पनि कार्यालयमार्फत सेवा प्रवाह गर्ने निर्णयलाई लागू गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : 5:28 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता