फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन नभएको पाइएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ताप्लेजुङद्वारा आयोजित तीन दिने तालिमको अवसरमा गरिएको अनुगमन टोलीले यस्तो निष्कर्ष निकालेको हो । 

फेकोफनले असार १६, १७ र १८ गते तीन दिन सदरमुकाम फुङ्लिङमा “ठोस फोहोर  व्यवस्थापन र वातावरणीय सरसफाइ सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम” को आयोजना गरेको थियो । यही तालिमको दौरानमा ५० जना सहभागीहरूलाई चार समुह विभाजन गरी स्थलगत अनुगमनमा पठाइएको थियो । 

जसमा चार समुहहरुले पशु वदशाला, निर्माण क्षेत्र, आन्तरिक पर्यटकीय क्षेत्र र बजार क्षेत्रका खोल्सा खोल्सी सँगै नालीको अनुगमन गरिएको थियो । उक्त अनुगमनको क्रममा पशु वदशालाबाट उत्सर्जित फोहोरहरूको व्यवस्थापन नभएको, बजार क्षेत्रका खोल्सीहरूमा जथाभावी फोहोर वस्तुहरू फ्याँकिएको, संरचना निर्माणका क्रममा उत्सर्जित फोहरहरू व्यवस्थापन नभएको, पर्यटकीय स्थलमा जथाभावी फोहोर फ्याँकिएको पाइएको छ ।

फुङ्लिङ ४ को कोठेबारीमा रहेको वदशाला क्षेत्रमा यत्रतत्र फ्याँकिएको फोहोर  ।

पशु वदशालाहरूबाट उत्सर्जित हाड खुरहरूको व्यवस्थापनमा ध्यान नदिएको पाइएको सहभागीहरूले बताएका छन् । फुङलिङ नगरपालिका वडा नं. ४ को पाखाबारीमा रहेको पशु वदशाला र कोप्चे वदशलाको अनुगमन गरेका सहभागी समुहहरुले चौपायाको हाडखोर यत्रतत्र फाल्नुका साथै मासुलाई सुरक्षित रूपमा नराखिएको बताएका छन् ।

उनीहरूका अनुसार बेच्न राखिएको मासु सामान्य झुलले छोपिएको पाइएको छ तथापि अधिक झिँगा भन्किएर उपभोक्ता स्वास्थ्यमा समस्या पर्ने देखिएको छ । वदशालाबाट उत्सर्जित खुर, सिङ जस्ता वस्तुहरू वध गरेको स्थल वरिपरि नै रहेको पाइएको बताइएको छ । 

त्यस्तै फुङ्लिङ नगरपालिका वडा नम्बर ५ वीरेन्द्रचोक मुनि रहेको खोल्सी र लिटल बुद्ध मावि नजिक रहेको खोल्सीको स्थलगत अनुगमन गर्न पुगेका सहभागीहरूले खोल्सामा सिसा जन्य वस्तुहरू जथाभावी फ्याँकिएको र खेतीपातीको समय भएकाले कृषकहरूलाई असर पर्ने देखिएको बताएका छन् । यस्तै जथाभावी रुपमा सिसा बोटलहरू फ्याँकिएको अवस्थामा पाइको बताएका छन् । 

सदरमुकाम फुङ्लिङमा हुने गरेका विकास निर्माणका कार्यहरूबाट उत्सर्जित फोहोरहरूलाई व्यवस्थापनमा ध्यान नदिएको कार्यक्रममा सहभागी अर्को समूहले उल्लेख गरेको छ । विकास निर्माणका काममा प्रयोग गरिएको रड, फलाम, प्लास्टिक जन्य बस्तु, बोरा, त्रिपालहरू जथाभावी रुपमा फ्याँकिएको अवस्थामा फेला परेको जनाएका छन् । 

यस्तै सदरमुकाम फुङ्लिङ स्थित बालमन्दिर आधारभूत विद्यालयमा  खुल्ला व्यायामशाला  निर्माणका क्रममा फोहरहरू व्यवस्थापन नभएको सहभागीहरूले उल्लेख गरेका छन् । उत्सर्जित सामग्रीहरूको व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने सहभागीहरूले औंल्याएका छन् । यस्तै उक्त क्षेत्र नजिकै वदशाला रहेको छ । यसले गर्दा उक्त विद्यालयमा पढ्ने विद्यार्थी साथै फरक क्षमताका विद्यार्थीहरूलाई धेरै नै असर गर्ने उक्त विद्यालयका शिक्षक हाङ्माया लिम्बूले बताउनुभयो । 
 
यस्तै अर्को समुह फुङ्लिङ नगरपालिका ४ र ७ को संगम स्थलमा रहेको पर्यटकीय क्षेत्र ‘मुधिङ कोक्मा’ मा पुगेका थिए । उक्त क्षेत्रमा आउने आन्तरिक पर्यटकहरूले आफूले खपत गरेको फोहोरमैला व्यवस्थापन नगरी यत्रतत्र फ्याँकिएको पाइएको बताएका छन् । 

चुरोटका बट्टाहरू, क्यानका बट्टाहरू, पेय पदार्थका बट्टाहरू लगायत अन्य खाद्य सामाग्रीबाट उत्सर्जित फोहोर बस्तु यत्रतत्र छरिएको साथै कतिपय स्थानहरूमा फोहोरलाई आगो लगाएर पूर्णरूपमा नजलाई त्यत्तिकै छोडिएको पाइएको उक्त अनुगमनमा सहभागीहरूको भनाइ छ । पछिल्लो समय ‘मुधिङ कोक्मा’ लाई ताप्लेजुङको एक लोकप्रिय अन्तरीक पर्यटकीय गन्त्यव्यको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा अन्तरिक पर्यटकको धेरै नै भिड लाग्ने गर्दछ । 

त्यसो त यता फोहोर व्यवस्थापनका लागि नगरपालिकाको ट्रयाक्टर प्रत्येक दिन नगरपालिकाका विभिन्न क्षेत्रमा जाने गरेको छ । तर, जनचेतनाको कमिका कारण स्थानिय बासिन्दाहरुले नजीकैको नाली, खोल्सी र सडकहरुमा फोहोर प्याक्ने गरेको पाइएको छ । यस्तै उक्त ट्यक्टरले पनि घरबाट व्यक्ति व्यक्तिले दिएको फोहोर मात्र उठाने गरेको स्थानियहरुको गुनासो रहेको छ । बजार क्षेत्रमा यस्तो फोहोरको अवस्ता अहिले चिन्ताको विषय बनेको छ । 

अबको दिनमा भविष्यको राम्राका लागि स्थानिय सरकारले फोहो सम्बन्धी जनचेतनामुलक कार्य गर्न अति आवश्यक देखिएको स्थानिय बासिहरुको भनाई छ । फोहोरहरूको पहिचान गरेर व्यवस्थापन गर्नमा कोही पनि अग्रसर नभएको सहभागीहरूको निष्कर्ष छ । यस्तै उक्त क्षेत्रमा पुग्ने पर्यटकहरूले आफूले लगेको फोर आफै व्यवस्थापन गर्ने गरी कार्यविधि बनाएर अगाडि बढ्न सम्बन्धित निकायलाई अनुगमनमा सहभागीहरुको सुझाव रहेको छ ।

क्षमता अभिवृद्धि कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी, वन उपभोक्ता समितिका पदाधिकारी, बुद्धिजीवी, साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
 
उक्त कार्यक्रमको सहजीकरण वातावरणविद तथा प्राध्यापक गुलाबकुमार चौधरीले गर्नुभएको थियो । यस तालिम मार्फत भएको उपलब्धीलाई सबै सहभागीहरुले अफूबाट सुरुवात गर्ने विश्वास लिइएको सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)  जिल्ला अध्यक्ष सुरज ओझाले बताउनुभयो । क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीहरूलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायत अतिथिहरूले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार ११:१०

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले