ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु



ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तीन दिने क्षमता अभिबृद्दी तालिम सुरु भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङको समन्वयमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले तीन दिने तालिमको सुरुवात गरेको हो ।

पछिल्लो समयमा बढ्दो क्रममा रहेको ठोस फोहोरलाई ब्यबस्थापन तथा न्यूनीकरणका लागि तालिमको आयोजना गरिएको सामुदायिक बन उपभोक्ता महासङघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । तालिम अबधिभरी फोहोरका कारण बाताबरणमा पर्ने असर, मानव शरीरमा उत्पन्न हुने समस्या, कानून्नी प्रक्रिया, ब्यबस्थापनका उपाय लगायतको बिषयमाथी छलफल हुने बताइएको छ । बुधबारसम्म जारी रहने तालिमको सहजीकरण वातावरणबिद तथा प्राध्यापक गुलाबकुमार चौशरीले गरिरहनु भएको छ ।

उक्त तालिममा सम्बन्धित सरोकारवालाको कार्यलयका कर्मचारी, संघ सस्थाका प्रतिनिधि, सुरक्षा निकायका टीम, सन्चारकर्मी गरि ५० जनाको सहभागीता रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 6:12 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता