ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।  मिक्वाखोला गाउँपालिका ९३ लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार शेर्पा सोमबार दिउँसो साढे १ बजे फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा पौडी खेल्न जानुभएको थियो । सोही क्रममा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।  

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकको रुपमा काम गर्दै आउनुभएको थियो । अहिले बेपत्ता शेर्पाको खोजी कार्यका जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:00 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०