रिडद्वारा एसईईमा सत प्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल विद्यालय पुरस्कृत



ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सत प्रतिशत विद्यार्थी उत्रिर्ण हुन सफल विद्यालयलाई पुरस्कृत गरेको छ । रिडले आफ्नो क्षेत्र अन्तरगत पर्ने सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई नगद ८० हजार रुपियाँसहित प्रमाण पत्रका साथ पुरस्कृत गरेको हो ।

फक्ताङलुङ गाउँपालिकाको तापेथोक स्थित उक्त विद्यालयका १६ जना विद्यार्थी २०८१ सालको एसईईमा सहभागि भएका थिए । सहभागि भएका सत प्रतिशत नै उत्रिर्ण भएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि लिम्बूले बताउँनुभयो ।

जिल्लामा ६८ वटा माध्यमिक विद्यालय रहेका छन् । जसमा तिन विद्यालयमा निल लागेको छ भने पाँच विद्यालयका सत प्रतिशत विद्यार्थी उत्रिर्ण भएका छन् । श्री साङक देछ्योलिङ गोन्पा, श्री सिवा माध्यमिक विद्यालय लिङ्खिम, श्री स्वरस्वती माध्यमिक विद्यालय इखाबु, मोती माध्यमिक विद्यालय खोक्लिङ, श्री गुप्तेश्वर माध्यमिक विद्यालय फूलबारीबाट शतप्रतिशत विद्यार्थी उत्रिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

निल लागेका विद्यालयहरू श्री राष्ट्रिय माध्यमिक विद्यालय पेदाङ, श्री सरस्वती माध्यमिक विद्यालय साबलाखु र श्री सिंहदेवी माध्यमिक विद्यालय थिङलाबु रहेका छन् । साधारण धार तर्फ यस वर्ष एसईई परीक्षामा एक हजार चार सय १५ जना विद्यार्थी सहभागी भएका मध्ये छ सय ५० जना उत्रिर्ण भएका छन् ।

यस वर्ष जिल्ला भरीमा ४५.९४ प्रतिशत विद्यार्थी उत्रिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भटटराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्राविधिक धार तर्फ पाँच वटा विद्यालयका एक सय २२ विद्यार्थी मध्ये ९१ जना पास भएका छन् । शुक्रवार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

यस्तै ननग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि मौका परीक्षा तोकिएको छ ।

प्रकाशित मिति : 8:59 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर