मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार वडाध्यक्ष साँवाको शनिवार साँझ मृत्यु भएको हो ।

मुटुसम्बन्धी रोगी रहनुभएका साँवाको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारसम्म नै वडा कार्यालय तथा अन्य काममा वडाध्यक्ष साँवा सक्रिय रहनुभएको थियो ।

शनिबार बिहानदेखि अचानक साँवाको स्वास्थ्यमा समस्या देखा पर्न थालेको र स्वास्थ्य समस्या देखा परेपछि परिवारले उहाँलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगेका थिए ।

गाउँपालिका अध्यक्षका स्वकीय सचिव थापाका अनुसार स्वास्थ्यमा देखा परेको समस्या जटिल बन्दै गएपछि अस्पताल पुर्‍याउन नपाई उहाँको बाटोमै मृत्यु भएको हो ।

उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : 9:41 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०