ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण साउन २४ गतेदेखि



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण आगामी साउन २४ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचित गोल्डकपको तेश्रो संस्करण साउन २४ गते जनैपूर्णिमाको दिनदेखि सुरु गर्ने निर्णय भएको हो ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले सञ्चालन गर्दै आइरहेको गोल्डकप आगामी साउन २४ गते जनैपूर्णिमादेखि सुरु भएर ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल हुने समितिका सचिव टिकेन नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार गोल्डकपको तयारी गर्न समितिले अस्थायी प्याराफिट निर्माणको पहल सुरु गरेको छ । जसका लागि आवश्यक बाँस बिक्री गर्न चाहने कृषकलाई प्रस्ताव आह्वान गरेको छ ।

समितिले मङ्गलबार सूचना जारी गर्दै बाँस खरिदका लागि प्रस्ताव आह्वान गरेको हो । न्यूनतम मूल्यमा बिक्री गर्ने कृषकबाट बाँस खरिद गरिने समितिले जनाएको छ । अस्थायी प्याराफिट निर्माण गर्न करिब तीन हजार प्रति बाँसको आवश्यक पर्ने समितिले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ । प्रतियोगिताको विजेता, उपविजेताको पुरस्कारराशिको विषयमा समेत छलफल भइरहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार समितिका सल्लाहकार, पूर्वअध्यक्षहरूसँग आवश्यक छलफल गरि पुरस्कारको राशि र आमन्त्रित क्लबको टुङगो लगाइने छ ।

प्रथम संस्करणमा तीन लाख, दोश्रो संस्करणमा पाँच लाख रुपियाँ नगर पुरस्कार प्रदान गरिएको गोल्डकपको पुरस्कारराशि यस वर्ष बढाउने चर्चा भइरहेको छ । आम्दानीका आधारमा पुरस्काराशी समेत वृद्धि गर्ने तयारी भइरहेको कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:04 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र