ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण साउन २४ गतेदेखि



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको तेश्रो संस्करण आगामी साउन २४ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचित गोल्डकपको तेश्रो संस्करण साउन २४ गते जनैपूर्णिमाको दिनदेखि सुरु गर्ने निर्णय भएको हो ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले सञ्चालन गर्दै आइरहेको गोल्डकप आगामी साउन २४ गते जनैपूर्णिमादेखि सुरु भएर ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल हुने समितिका सचिव टिकेन नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार गोल्डकपको तयारी गर्न समितिले अस्थायी प्याराफिट निर्माणको पहल सुरु गरेको छ । जसका लागि आवश्यक बाँस बिक्री गर्न चाहने कृषकलाई प्रस्ताव आह्वान गरेको छ ।

समितिले मङ्गलबार सूचना जारी गर्दै बाँस खरिदका लागि प्रस्ताव आह्वान गरेको हो । न्यूनतम मूल्यमा बिक्री गर्ने कृषकबाट बाँस खरिद गरिने समितिले जनाएको छ । अस्थायी प्याराफिट निर्माण गर्न करिब तीन हजार प्रति बाँसको आवश्यक पर्ने समितिले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ । प्रतियोगिताको विजेता, उपविजेताको पुरस्कारराशिको विषयमा समेत छलफल भइरहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार समितिका सल्लाहकार, पूर्वअध्यक्षहरूसँग आवश्यक छलफल गरि पुरस्कारको राशि र आमन्त्रित क्लबको टुङगो लगाइने छ ।

प्रथम संस्करणमा तीन लाख, दोश्रो संस्करणमा पाँच लाख रुपियाँ नगर पुरस्कार प्रदान गरिएको गोल्डकपको पुरस्कारराशि यस वर्ष बढाउने चर्चा भइरहेको छ । आम्दानीका आधारमा पुरस्काराशी समेत वृद्धि गर्ने तयारी भइरहेको कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:04 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय