ताप्लेजुङका ९ स्थानीय तहको बजेट चार अर्ब ७५ करोड बढी



ताप्लेजुङ ।  ताप्लेजुङका स्थानीय तहहरूले चार अर्ब ७५ करोड १७ लाख दुई हजार ५४५ रुपियाँको बजेट प्रस्तुत गरेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहहरूले बजेट प्रस्तुत गरेका हुन् । 

जिल्लामा सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा। चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

यस्तै सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरेका थिए । जसमा आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ । 

मेरिङ्देन गाउँपालिकाले भने, ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

यस्तै मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

मङ्गलबार फुङ्लिङ नगरपालिका, पाथिभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् । जसमा फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख रुपियाँ बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८औं नगर सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो । मङ्गलबार नगर उपप्रमुख भिमादेवी ओझाले नगर सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ७६ करोड २७ लाख ३३ हजार ३८९ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । जसमा चालु खर्च तर्फ ५२ करोड ७२ लाख ४४ हजार ८१७ रुपियाँ बजेट रहेको छ । भने, पुँजीगत तर्फ २३ करोड ५५ लाख १८ हजार ५७२ रुपियाँ रहेको छ । 

यस्तै पाथीभरा याङवरक गाउँपालिकाले ५२ करोड ५१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको उपाध्यक्ष रनमाया गुरुङले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । पालिकाले चालु खर्च तर्फ ५१ करोड ६३ लाख ६८ हजार ५०० रुपियाँ बजेट प्रस्तुत गरेको छ । यस्तै पुँजीगत तर्फ २० करोड ८८ लाख ६ हजार रुपियाँ रहेको छ । 

फक्ताङलुङ गाउँपालिकाले ५५ करोड ३८ लाख एक रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष रविन साम्रा (विकास)ले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

मिक्वाखोला गाउँपालिकाले ४० करोड ७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र साँवामा सम्पन्न भएको २०औं गाउँसभा मार्फत उपाध्यक्ष डण्डु लामाले आगामी आर्थिक वर्षका लागि ४० करोड ७ लाख ७७ हजार ८१२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ–आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार हिजो धेरैजसो पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । 

प्रकाशित मिति : 9:55 am

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले