ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले ४० करोड ७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र साँवामा सम्पन्न भएको २०औं गाउँसभा मार्फत उपाध्यक्ष डण्डु लामाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४० करोड ७ लाख ७७ हजार ८१२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा वित्तिय समानीकरण अनुदान अन्तरगत सङ्घीय सरकारको ९९ लाख रुपियाँ र प्रदेश सरकारको ८२ लाख १८ हजार रुपियाँ रहेको छ । राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारको नौ करोड ७७ लाख तीन हजार ८१२ रुपियाँ र प्रदेश सरकार अन्तरगत ६२ लाख २९ हजार रुपियाँ रहेको छ ।
यस्तै सर्शत अनुदान अन्तरगत सिङ्घिया सरकारको पुँजीगत तर्फ एक करोड ३७ लाख र चालु तर्फ १२ करोड ९३ लाख रुपियाँ र प्रदेश सरकार अन्तरगतको पुँजीगत तर्फ १७ लाख र चालु तर्फ एक करोड ६५ लाख ७ हजार रुपियाँ रहेको छ ।
पालिका उपाध्यक्ष लामाले प्रस्तुत गर्नुभएको बजेटमा विषेश अनुदान अन्तरगत सङ्घीय सरकारको ४७ लाख रुपियाँ रहेको छ । समपूरक अनुदान अन्तरगत सङ्घीय सरकारको एक करोड ९३ लाख र प्रदेश सरकार अन्तरगत ८३ लाख रुपियाँ रहेको छ ।
साथै आन्तरिक स्रोत ४५ लाख र आल्या रकम ४० लाख रुपियाँ रहेको छ ।
प्रतिक्रिया