फक्ताङलुङ गाउँपालिकाको बजेट ५५ करोड ३७ लाख बढी 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५५ करोड ३७ लाख बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष रविन राम्रा विकासले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५५ करोड ३८ लाख एक रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत गरिएको बजेटमा सङ्घीय र प्रदेश सरकारको वित्तिय समानीकरण अन्तरगत क्रमश ११ करोड २३ लाख रुपियाँ र ९५ लाख ९६ हजार रुपियाँ रहेको छ । 

यस्तै राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारको १३ करोड ४ लाख र प्रदेश सरकारको ९५ लाख ९८ हजार रुपियाँ रहेको छ । सर्शत अनुदानतर्फ सङ्घीय सरकारको २१ करोड ९४ लाख रुपियाँ र प्रदेश सरकारको एक करोड ३१ लाख ४२ हजार रुपियाँ रहेको छ । 

विषेश अनुदानतर्फ सङ्घीय सरकारको दुई करोड ७० लाख रुपियाँ रहेको छ । समपूरक अनुदानतर्फ सङ्घीय सरकारको ९१ लाख र प्रदेश सरकारको १६ लाख रुपियाँ रहेको छ । आन्तरिक स्रोत ४९ लाख ९१ हजार एक रुपियाँ र गाउँपालिकाको अनुमानित आल्या ५० लाख रुपियाँ रहेको प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 7:49 am

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी