फुङ्लिङ नगरपालिकाको बजेट ७६ करोड २७ लाख बढी 



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख रुपियाँ बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८औं नगर सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो । 

मङ्गलबार नगर उपप्रमुख भिमादेवी ओझाले नगर सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ७६ करोड २७ लाख ३३ हजार ३८९ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । जसमा चालु खर्च तर्फ ५२ करोड ७२ लाख ४४ हजार ८१७ रुपियाँ बजेट रहेको छ । भने, पुँजीगत तर्फ २३ करोड ५५ लाख १८ हजार ५७२ रुपियाँ रहेको छ । 

जसमा सङ्घीय सरकार अन्तरगतको समानीकरण अनुदानमा १४ करोड ६९ लाख रुपियाँ, सङ्घीय सरकारको राजश्व बाँडफाँड ९ करोड दुई लाख ९३ हजार रुपियाँ, सङ्घीय सरकार अन्तरगतको शर्सत अनुदान ३३ करोड ५५ लाख रुपियाँ र सङ्घीय सरकार अन्तरगतकै विषेश अनुदान दुई करोड ९३ लाख रुपियाँ रहेको नगर उपप्रमुख ओझाले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख गरिएको छ । 

यस्तै सङ्घीय सरकार अन्तरगतको समपूरक अनुदानमा ८५ लाख रुपियाँ, प्रदेश सरकार अन्तरगतको वित्तिय समानीकरण अनुदानमा एक करोड ४६ लाख १० हजार रुपियाँ, प्रदेश सरकार अन्तरगतको राजश्व बाँडफाँड एक करोड दुई लाख ५५ हजार रुपियाँ, प्रदेश समपूरक अनुदान अन्तरगत ९७ लाख रुपियाँ र प्रदेश शर्सत अनुदान अन्तरगत एक करोड १९ लाख ४१ हजार रुपियाँ रहेको छ ।  

स्थानीय राजश्व बाँडफाँड अन्तरगत ९५ लाख ८३ हजार रुपियाँ, आन्तरिक स्रोत अन्तरगत ९ करोड २८ लाख ८० हजार रुपियाँ र जनसहभागिता साझेदारी अन्तरगत १५ लाख रुपियाँ रहेको बजेट प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १७:२१

फुङ्लिङ नगरपालिकाको बजेट ७६ करोड २७ लाख बढी 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख रुपियाँ

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई मेरिङदेनको छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई

ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्ब बढी

ताप्लेजुङ । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड

मैवाखोला गाउँपालिकाको बजेट ४४ करोड ७१ लाख बढी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४

मेरिङ्देनको बजेट ५० कारोड ५७ लाख बढी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५०