स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई मेरिङदेनको छात्रवृत्ति



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको हो ।

पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने मेरिङदेन गाउँपालिकाका विद्यार्थीलाई स्नातक तहमा पूर्णरुपमा छात्रवृत्ति प्रदान गर्ने गरि बजेटको व्यवस्था गरिएका गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) ले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्तिका लागि आगामी आर्थिक वर्षमा १२ लाख रुपियाँ बजेको व्यवस्था गरिएको छ । गाउँपालिकाले जिल्लाको एक मात्र स्नातककोत्तर अध्ययन हुने क्याम्पसका लागि उक्त बजेट विनियोजन गरेको हो ।

यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहजता लागि भौतिक पूर्वाधार विकासतर्फ समेत पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यसअघि पालिको ६ नं. वडा नाल्बुले स्नातक तहमा अध्ययन गर्ने आफ्ना वडाका १६ जना विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था गरेको थियो । आगामी आर्थिक वर्षका लागि पालिकाले नै छात्रवृत्ति तथा भौतिक पूर्वाधारतर्फ स्टेज निर्माण लागि १७ लाख रुपियाँ बजेटको व्यवस्था गरेको हो ।

आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चित भएका पालिकाका नागरिकलाई शिक्षामा जोड दिने लक्ष्यका साथ बजेटको व्यवस्था गरिएको पालिकाले जनाएको छ । हाल क्याम्पसमा मेरिङदेन गाउँपालिकाबाट एक सय ५० जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षका लागि पाथीभरामा अध्ययन गर्ने आफ्ना पालिकाका विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाले समेत छात्रवृत्तिको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : 11:59 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर