ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्ब बढी



ताप्लेजुङ । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । 

गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा। चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

यस्तै सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरेका थिए । जसमा आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ । 

मेरिङ्देन गाउँपालिकाले भने, ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

यस्तै मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिकाको बजेट मङ्गलबार प्रस्तुत हुने भएको छ । 
 

प्रकाशित मिति : 6:17 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा