ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्ब बढी



ताप्लेजुङ । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । 

गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा। चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

यस्तै सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरेका थिए । जसमा आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ । 

मेरिङ्देन गाउँपालिकाले भने, ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

यस्तै मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिकाको बजेट मङ्गलबार प्रस्तुत हुने भएको छ । 
 

प्रकाशित मिति : 6:17 am

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल