मेरिङ्देनको बजेट ५० कारोड ५७ लाख बढी



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ५७ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घीय सरकारको १० करोड ८९ लाख रुपियाँ, सङ्घीय सर्शत अनुदान १८ करोड ३२ लाख रुपियाँ र सङ्घीय सर्शत पुँजीगत अनुदान अन्तरगत एक करोड ८९ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।

यस्तै सङ्घीय विषेश अनुदान अन्तरगत ३ करोड १० लाख रुपियाँ, सङ्घीय सरकार समपूरक अनुदान एक करोड १३ लाख रुपियाँ, राजश्व बाँडफाँडमा ८ करोड ४० लाख ८१ हजार ९२८ रुपियाँको बजेट गाउँपालिका उपाध्यक्ष चोङ्बाङले प्रस्तुत गर्नुभएको छ ।

यस्तै प्रदेश वित्तीय समानीकरण अन्तरगत ९७ लाख ७१ हजार रुपियाँ, प्रदेश सरकार अन्तरगत सर्शत अनुदान दुई करोड ४६ लाख ३६ हजार रुपियाँ, प्रदेश सरकार समपूरक एक करोड ४० लाख, प्रदेश सरकार अन्तरगत राजश्व बाँडफाँड ५४ लाख ६२ हजार रुपियाँ रहेको छ ।

गत आर्थिक वर्षको नगद मौज्दात एक करोड पाँच लाख रुपियाँ र आन्तरिक स्रोत, कर तथा गैर कर राजश्व अन्तरगत ५० लाख रुपियाँ रहेको छ । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत पारित गरिने गाउँपालिका जनाएको छ ।

प्रकाशित मिति : 3:32 pm

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल