मेरिङ्देनको बजेट ५० कारोड ५७ लाख बढी



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ५७ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घीय सरकारको १० करोड ८९ लाख रुपियाँ, सङ्घीय सर्शत अनुदान १८ करोड ३२ लाख रुपियाँ र सङ्घीय सर्शत पुँजीगत अनुदान अन्तरगत एक करोड ८९ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।

यस्तै सङ्घीय विषेश अनुदान अन्तरगत ३ करोड १० लाख रुपियाँ, सङ्घीय सरकार समपूरक अनुदान एक करोड १३ लाख रुपियाँ, राजश्व बाँडफाँडमा ८ करोड ४० लाख ८१ हजार ९२८ रुपियाँको बजेट गाउँपालिका उपाध्यक्ष चोङ्बाङले प्रस्तुत गर्नुभएको छ ।

यस्तै प्रदेश वित्तीय समानीकरण अन्तरगत ९७ लाख ७१ हजार रुपियाँ, प्रदेश सरकार अन्तरगत सर्शत अनुदान दुई करोड ४६ लाख ३६ हजार रुपियाँ, प्रदेश सरकार समपूरक एक करोड ४० लाख, प्रदेश सरकार अन्तरगत राजश्व बाँडफाँड ५४ लाख ६२ हजार रुपियाँ रहेको छ ।

गत आर्थिक वर्षको नगद मौज्दात एक करोड पाँच लाख रुपियाँ र आन्तरिक स्रोत, कर तथा गैर कर राजश्व अन्तरगत ५० लाख रुपियाँ रहेको छ । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत पारित गरिने गाउँपालिका जनाएको छ ।

प्रकाशित मिति : 3:32 pm

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत