सिरिजङ्घा गाउँपालिकाको बजेट ५८ करोड ७५ लाख बढी



ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ७५ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आइतबार आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष डा. चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घको १२ करोड ७८ लाख रुपियाँ, राजस्व बाँडफाँड अन्तरगत १० करोड ६० लाख ७१ हजार रुपियाँ रहेको छ ।

यस्तै प्रदेश वित्तीय समानीकरण अन्तरगत एक करोड १४ लाख ३४ हजार रुपियाँ, प्रदेशको राजस्व बाँडफाँड अन्तरगत ७१ लाख ८७ हजार रुपियाँ रहेको छ । रोयल्टी बाँडफाँड पर्वतारोहण पाँच लाख ६९ हजार ८६३ रुपियाँ, घर जग्गा रजिष्ट्रेशन बाँडफाँडमा १० लाख रुपियाँ रहने उपाध्यक्ष डा. माबोले बजेट विवरण पेश गर्नुभएको छ ।

प्रदेश सरकार मार्फत दहत्तर बहत्तर बाँडफाँड पाँच लाख, आन्तरिक आय तर्फ ६६ लाख ६५ हजार रुपियाँ, सङ्घीय सरकार अन्तरगतको सशर्त अनुदान २६ करोड ३८ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकारको समपूरक र विशेष अनुदान अन्तरगत क्रमश ८७ लाख र एक करोड १३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारको समपूरक र सर्शत अनुदान अन्तरगत क्रमश एक करोड ३० लाख र एक करोड ५२ लाख ५७ हजार रुपियाँ प्राप्त हुने अनुमा गरिएको पेश गरिएको बजेट विवरणमा उल्लेख गरिएको छ । साथै करुणा फाउण्डेसन अन्तरगत १२ लाख २५ हजार रहने छ ।

गाउँपालिका अध्यक्ष लाल कृष्ण चौहानको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा अध्यक्ष चौहानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत पारित गरिने गाउँपालिका जनाएको छ ।

आठ स्थानीय तह र एक नगरपालिका गरि जम्मा नौ स्थानीय तह रहेको जिल्लामा सिरिजङ्घा गाउँपालिका बजेट प्रस्तुत गर्ने दोस्रो पालिका बनेको छ । यस अघि गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : 4:01 pm

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम